दफा १०
खारेजी र बचाउ
(१) आकस्मिक कोष ऐन, २०१६ खारेज गरिएको छ ।
(२) आकस्मिक कोष ऐन, २०१६ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) आकस्मिक कोष ऐन, २०१६ बमोजिम स्थापना भएको आकस्मिक कोषमा रहेको रकम यो ऐन प्रारम्भ भए पछि स्वतः संघीय आकस्मिक कोषमा सर्नेछ ।